पोखरा। पुन एकता क्लब पोखराले खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ । फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा हुनेछ ।
रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पूरा भएको क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको प्रतियोगिता संयोजक रनसिंह गुरुङले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरीने उनले सुनाए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितीय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको उनले बताए ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वित्तीयले १७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । उनका अनुसार भेट्रान्सले ४ हजार ५ सय रुपैयाँ बुझाएर टिम दर्ता गर्नुपर्नेछ भने महिलाको टिम सहभागिताका आधारमा शुल्क निर्धारण गरिनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१