पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ मा शुक्रबार रोजगार मेला भएको छ । वडा कार्यालयको आयोजनामा मेलामा २ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
स्थानीयलाई रोजगारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मेलालाई माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले उद्घाटन गरे ।
उनले यस्तो मेला राखेर वडाले सरहानीय काम गरेको बताए । ‘जब फेयरको आयोजना गरेर वडाले उत्कृष्ठ काम गरेको छ, यस मार्फत् स्थानीय नागरिकलाई रोजगारी मिल्न सहज हुनेछ,’ उनले भने ।
पछिल्लो समय युवाहरु १२ पढ्ने बित्तिकै विदेश जाने गरेको र देशमा आवश्यक दक्ष जनशक्ति हराउँदै गएको उनले उल्लेख गरे । यस्तो अवस्थामा जब फेयर जस्ता कार्यक्रममार्फत् देशमा नै केही गर्न सकिन सन्देश प्रवाह गर्ने धारणा उनको छ ।
वडाध्यक्ष किरण बरालले वडामा रहेका कोही पनि युवाहरु बेरोजगार नहुन् भन्दै रोजगार मेलाको अवधारणालाई अगाडि सारेको बताए । मेलामा विभिन्न १२ वटा स्टल राखिएको थियो । जसमा विद्यार्थीदेखि स्थानीयले अवलोकन गरेका थिए ।
जब फेयरमा इन्फोम्याटिक्स कलेजका विद्यार्थीले आफूले तयार पारेको सामग्री प्रदर्शन गरेका थिए । वडामा नै उत्पादित वस्तुहरु समेत स्टलमा राखिएको थियो । जब सेन्टरबाट आवश्यकता अनुसारको जबका लागि परामर्श दिइएको थियो ।
वडाध्यक्ष बरालले आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । वडाको भौतिक विकास सँगै सामाजिक, आर्थिक, नैतिक र शैक्षिक विकासमा समेत ध्यान दिइएको उनले उल्लेख गरे । वडा सदस्य सरिफ अलिमियाँले स्वागत गरेको कार्यक्रमलाई वडाका सचिव अञ्जु गुरुङले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१