सेतीमा बेपत्ता तामाङ मृत भेटिए

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
death1

पोखरा । माछा मार्नेक्रममा पोखराको सेती नदीले बगाउँदा गत आइतबार रातिदेखि बेपत्ता भएका एक जना मृत अवस्थामा भेटिएका छन् ।

पोखरा महानरपालिका वडा नं १ सिम्पानी बस्ने रक्से भनिने सार्की लामा तामाङ (मानबहादुर तामाङ) शुक्रबार बिहान ९ः४० बजे पट्नेरीस्थित सेती नदीमा मृत अवस्थामा फेला गरेका हुन् ।

उनी नदीमा डुबेको र ढुंगामा अड्किएको अवस्थामा फेला परेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

रक्सेसँगै माछा मार्न गएका मंगा तामाङ भने आइतबार राति नै मृत अवस्थामा भेटिएका थिए । साथै अन्य ३ जना सकुशल छन् । बिहीबार सेती नदी ड्याम खोलेर पानीको बहाव बढाएर समेत रक्सेको खोजी गरिएकोमा अवस्था पत्ता लाग्न सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…

hero news full width