पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ ।
भारतीय दूतावास पेन्सन वितरण कार्यालय रामबजारमा बिहीबार फाइनलमा पिपिओ (पेन्सन वितरण कार्यालय) को टिमलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित ५० हजार र ट्रफी जितेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पिपिओको अग्रता तोड्दै १/५ जिआरले २३–२५, २५–२०, २५–१४ र २५–२२ सेटमा खेल जितेको हो । गत ९ फागुनदेखि सुरु प्रतियोगितामा १९ टिमले भाग लिएका थिए । उपविजेताले ३५ हजार प्राप्त गरेको छ ।
६/८ जिआर तेस्रो र ४/८ जिआर चौंथो हुन सफल भए । प्रतियोगितामा पहिलो पल्ट आसाम राइफल्सले पनि भाग लिएको कार्यालयका सव ट्रेजरी अफिसर डोलबहादुर थापाले बताए ।
शारीरिक तथा मानसिक विकाससहित भूपूहरुबीच आपसी भाइचारा विकास गर्ने उद्देश्यले यसपालि पाँचौं संस्करणको उक्त प्रतियोगिता भएको कार्यालयका बिबि पाण्डेले बताए ।
विजयीलाई पेन्सन वितरण कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त घलेल, भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्री, उपाध्यक्ष मेजर गमबहादुर गुरुङ, पहिलो पुरस्कार प्रायोजक एसबिआई बैंकतर्फबाट गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ, दोस्रो पुरस्कार प्रायोजक एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख सुधीर गौतमलगायतले पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१