कावासोती । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने लहर देशैभर चलेको छ । यही क्रममा नवलपुरका जिल्ला कमिटीका अध्यक्षसहित सबै नेता–कार्यकर्ता मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल राना, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खगराज कँडेल, जिल्ला उपाध्यक्ष एवं युवा संघ इन्चार्ज प्रेम पाण्डेसहितका प्रभावशाली नेता छन् । यसैगरी जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटी, हुप्सेकोट गाउँ कमिटि अध्यक्षसहित सम्पूर्ण कमिटी नै एमालेमा फर्किएका छन् ।
त्यस्तै नेकपा माओवादीका जिल्ला सदस्य तुलसीराम अर्याल, डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले पार्टीमा स्वागत गरे ।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा घरफर्क अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादीसहितको टोलीलाई एमाले प्रवेश गराइएको हो । गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रीय सदस्यद्वय शालिकराम भट्टराई र डा. गोपाल खनाल एमाले प्रवेश गरेका थिए ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतमा बाटो बिराएर अहिले आफ्नै घर फर्की आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने बताए । कार्यक्रममा एमाले पालिटब्युरो सदस्य मना केसी, केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र तीलक महतसहित प्रदेश कमिटीका नेताहरुको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज
नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१