वराह माविमा कान शिविर

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
health camp

पोखरा ।  नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका–६, भिडाबारीस्थित वराह माविमा निशुल्क कान शिविर गरेको छ । त्यहाँ अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकका लागि आयोजित शिविर शुक्रबार र शनिबार भएकोमा १ सय ८८ जनाले सेवा लिए ।

त्यस अवसरमा कानको जाँच, कान सफा गर्ने, अडियो मिटरबाट कानको सुनाइ, माइक्रोस्कोपबाट जटिल प्रकारको कान सफा तथा उपचार गरियो ।

विद्यार्थीहरुले आफ्नो कानको हेरचाह तथा सरसफाइमा ध्यान नदिएको भएर कानमा समस्या रहेकोमा उक्त समस्या समाधानका लागि विद्यालयमा नै शिविर सञ्चालन गर्नुपरेको नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले बताए । उनले माछापुच्छ्रे ६ सँग संस्थाको सम्बन्ध राम्रो रहेको स्पष्ट पार्दै स्थापना समयदेखिबाटै सहकार्य गर्दै आइरहेको स्मरण गरे ।
वडाध्यक्ष टेकनाथ गौतमले नेलम्बोको सहयोगप्रति आभार प्रकट गर्दै विभिन्न संघसंस्था मध्ये नेलम्बोको सहयोग अतुलनीय रहेको जनाए । कोभिड १९ को विषम परिस्थितिमा गाउँपालिका भर नेलम्बोले महत्वपूर्ण योगदान गरेको उनले सम्झिए ।

प्रधानाध्यापक मीनप्रसाद अधिकारीले नेलम्बोले विद्यालयमा यस अगाडि पनि निशुल्क दन्त शिविर तथा सुइटर वितरण गरेर विद्यार्थीको स्वास्थ्यमा सहयोग गरेको स्पष्ट पार्दै पुन कार्यक्रममा जोडिन पाएकोमा खुशी व्यक्त गरे । शिविरमा डा.अंकुर केसीको नेतृत्वमा ९ जना स्वास्थ्यकर्मीको टोली खटियो ।

Related News

सम्बन्धित समाचार

hero news full width