पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार स्वरुम उद्घाटन गरी बिक्री सुरु गरिएको हो ।
प्रालिका अध्यक्ष नारायण पौडेल र एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि वैद्य इनर्जी प्रालिका सिइओ सुयांस वैद्यले संयुक्त रुपमा सोरुमको उद्घाटन र एथर स्कुटरको बिक्री शुभारम्भ गरेका हुन् । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै चाउथेमा सर्भिस सेन्टर स्थापना गर्न लागिएको प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले जानकारी दिइन् । ‘सर्भिस सेन्टरका निर्माण कार्य भइरहेको छ । एक महिनाभित्र सर्भिस सेन्टर तयार हुन्छ,’ उनले भनिन् ।
३ वटा मोडलमा एथर पोखरामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री छ । एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरका कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टिएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् ।
एथर स्कुटरमा गुगल म्याप, मल्टी–स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल, थेफ्ट एण्ड टो अलर्ट्स लगायतका फिचर रहेका छन् । ३.७ किलोवाट आवर क्षमता भएको ब्याट्रीले १५० किमि र २.९ किलोवाट आवर क्षमताको ब्याट्रीले १११ किमि रेन्ज दिने कम्पनीको दाबी छ ।
वाटर रेसिस्टेन्ट र डस्ट प्रुफका लागि आईपी ६५ रेटिङ, सात इन्चको टीएफटी टचस्क्रिन, फोरजी कनेक्टिभिटी, ब्लुटुथ ४.२ समेत एथर स्कुटरमा पाउन सकिन्छ । यसमा टो एण्ड थेप्ट नोटिफिकेसन, फाइन्ड माई स्कुटर, फाइन्ड एथर ग्रिड नियर यु, रियल टाइम चार्ज स्टाटस, पुस नेभिगेसन, राइड इनसाइट, एथर ट्रिप प्लानर आदि फिचर समावेश छन् ।
स्कुटरमा पार्क असिस्ट, अटो होल्ड, २२ लिटरको बुट स्पेस, साइड स्ट्यान्ड सेन्सर, अटो इन्डिकेटर कटअफ, स्विच अफ गर्दा समेत २० सेकेन्डसम्म हेडलाइट बल्ने, डकुमेन्ट स्टोरेज अन ड्यासबोर्ड, पछाडि बस्ने यात्रुलाई खुटा राख्ने स्थान पनि यो स्कुटरमा पाउन सकिन्छ ।
नेपाली बजारमा बजारमा एथर ४५० एक्स स्कुटरको मूल्य २.९ किलोवाट आवर ब्याट्री मोडेलको ३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ३.७ किलोवाट आवर ब्याट्री मोडेलको मूल्य ४ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१