बिटी कपमा सेमी समीकरण

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
BT cup Photo Semi

पोखरा । लामागाउँ गुम्बा, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन एफसी सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । तीमध्ये फाइनल प्रवेशका लागि एट टु नाइन एफसीले एलसी ब्रदर्शको सामना गर्नेछ ।

पुरानो टुँडिखेलमा मंगलबार पहिलो क्वाटरफाइनलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोलअन्तरले पराजित गर्दै लामागाउँ सेमिफाइनलमा प्रवेश गरेको छ । जितमा सरोज तितुङ तामाङले २ गोल गरे । अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गर्दा काठमाडौंका तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए ।

दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योति क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का ग¥यो । जितमा राजकुमार कुँवरले निर्णायक गोल गरे ।

तेस्रो क्वाटरफाइनलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुँडिखेलमाथि २–० गोल अन्तरले जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जितमा धीरज मगरले २ गोलको योगदान दिए ।

तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएकोमा पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोलअन्तरले विजयी बन्यो ।
बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा बिहीबार हुने फाइनलमा विजेताले १ लाख ७१ हजार र उपविजेताले १ लाख ५ हजार सय साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width