पोखरा । दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटी लेभल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पब्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् ।
प्लस टुतर्फ त्रिवेणी पब्लिकले स्टेप बाई स्टेपलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
उता, युनिभर्सिटी लेभलतर्फ पोखरा लिंकनले इन्फोम्याट्रिक कलेजलाई ट्राइबेकरमा ४–३ गोलले हरायो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
हिसान गण्डकी आयोजनामा भएको प्रतियोगितामा त्रिवेणी पब्लिकले १ लाख साथमा मेडल, ट्रफी जितेको छ । उपविजेता स्टेप बाई स्टेपले ५० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ । उता, उपाधिसहित पोखरा लिंकनले २० हजार र उपविजेता इन्फोम्याट्रिक कलेजले १० हजार मेडल र ट्रफी पाए ।
विजेतालाई गण्डकी युनिभर्सिटीका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेश सिलवाल, हिसान केन्द्रीय सल्लाहकार सूर्यबहादुर जिसी, हिसान गण्डकी अध्यक्ष रमाकान्त बराल, सविन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगायतले पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१