पोखरा । सूर्य नेपाल गल्फ टुर–२०२३÷२४ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि हिमालयन गल्फ क्लबमा सुरू हुँदैछ । ३ दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ ।
राजधानी काठमाडौं बाहिर हुने २ प्रतियोगितामध्ये एक सूर्य नेपाल वेस्टर्न ओपनमा ५० खेलाडीले भाग लिने प्रोफेसनल गल्फ संघ नेपालका महासचिव दीपक आचार्यले बताए । जसमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको ३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउने छन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलमा प्रतिस्पर्धा गर्ने छन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको यो प्रतियोगिताका विजेताले १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो र तेस्रोले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौंथो र पाँचौंले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन । साथै उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरलाई नगद पुरस्कार दिइनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर–२०२३÷२४ अन्तर्गत कुल ८ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
डिफेन्डिङ च्याम्पियन नेपालका नं १ गल्फर शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा रहेकोले यो प्रयोगितामा उपस्थित हुने छैनन् ।
गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा गएका हुन् । पूर्व नं १ एमेच्योर गल्फर सुवासले प्रोफेसनल गल्फ टुर अफ इन्डियाको क्वालिफाइङ स्कुलमा दोस्रो हुँदै भारतीय गल्फ टुर–२०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।
यो सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापतिसहित पूर्व नं १ खेलाडी भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा दाबेदार खेलाडी हुन् । प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सद्भाव आचार्य पनि दाबेदारमध्येका एक हुन् । सद्भावले यो सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय बुद्धिचालमा एकराज प्रथम
फिस्टेल एसइई कपमा पहिलो दिन १६ खेल
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१