न्यु ग्यालेक्सीमा विज्ञान प्रदर्शनी

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
new galaxy school (1)

पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलमा मंगलबार विज्ञान प्रदर्शनी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रदर्शनीमा विद्यालयको कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत ३७ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा भूकम्प प्रतिरोधी घरसम्बन्धी प्रदर्शन गरेकी प्रकृति थापाको समूह प्रथम भएको छ ।

यस्तै, कार्बन उत्सर्जनसम्बन्धी प्रदर्शन गरेकी सुयना हिराचनको समूह द्वितीय र प्लान्ट सेलसम्बन्धी प्रदर्शन गरेकी एलिसा रेग्मीको समूह तृतीय भएको छ ।

गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी र माउन्ट अन्नपूर्ण क्याम्पसका प्रमुख सूर्यबहादुर जिसीले विज्ञान प्रदर्शनी अवलोकन गर्दै नतिजा सार्वजनिक गरेका थिए ।
सोही अवसरमा विभिन्न विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा मेडिकल, इन्जिनियरिङ र भेटेरिनरीमा अध्ययन गरिरहेका विद्यालयका पूर्व विद्यार्थीहरू दीपा आचार्य, प्रभा खत्री, विशाल पराजुली, कुशल आचार्य, हीरामणि घिमिरे, क्रिसल मल्ल, सुशान्त पन्त, मनीषा भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले किताबमा पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।
उनले विज्ञानले चमत्कार गरेको भन्ने तथ्य गलत रहेको जिकिर गर्दै विज्ञान कुनै जादुमय चमत्कार नभएको बताए । उनले भने, ‘जहाँ चमत्कार छ त्यहाँ विज्ञान हुँदैन, जहाँ विज्ञान छ त्यहाँ चमत्कार हुँदैन ।’

उनले भने, ‘विज्ञानको सबैभन्दा ठूलो प्रयोगशाला भान्सा र खेत हो, विज्ञानलाई त्यहाँ प्रयोग गरौं ।’ उनले थपे, ‘तरकारी पकाउँदा जिरा पिसेर राखिन्छ तर मेथी तेलमा डढाइन्छ । किन यसो गरिन्छ ? यसको वैज्ञानिक कारणबारे थाहा हुनुप¥यो ।’

माउन्ट अन्नपूर्ण क्याम्पसका प्रमुख सूर्यबहादुर जिसीले विद्यार्थीको विज्ञान प्रदर्शनी अत्यन्तै उत्कृष्ट भएको भन्दै यस्ता कार्य निरन्तर गर्न आग्रह गरे ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माले विद्यार्थी र विज्ञान संकायका शिक्षकहरूको एक महिनादेखिको अथक मेहनतबाट विज्ञान प्रदर्शनी गर्न सकिएको बताए । विज्ञान प्रदर्शनीबाट विद्यार्थीले महŒवपूर्ण शिक्षा आर्जन गरेको उनले दाबी गरे ।

विद्यालयका निर्देशक राजु कायस्थले विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरू एकअर्कामा परिपूरक भएको बताए ।

सम्मानित पूर्व विद्यार्थी हीरामणि घिमिरेले जीवनमा अध्ययन नै सबैभन्दा महŒवपूर्ण विषय भएको बताए ।

विद्यालयका प्राचार्य डा. रामजी शर्माको सभापतित्वमा भएको कार्यक्रममा विज्ञान संयोजक दीपक अधिकारीले स्वागत र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width