पोखरा । सृजना मावि आयोजनामा नेपाल युवा रेडक्रस सर्कल सृजना आवासीय मावि सृजनाचोक पोखराको व्यवस्थापनमा ‘वार्षिक खेलकुद कार्यक्रम–२०८०’ प्रारम्भ भएको छ । बिहीबार प्रारम्भ भई शनिबारसम्म ३ दिवसीय रूपमा सञ्चालन हुने खेलकुद कार्यक्रमको उद्घाटन विद्यालय निर्देशक सीता पाण्डेले गरिन् ।
विद्यालयका शैक्षिक विभाग प्रमुख इन्द्रकुमार श्रेष्ठ र खेल शिक्षक गोपाल थापाले संयुक्त रूपमा खेलाडी विद्यार्थीहरूलाई बल हस्तान्तरण गरी खेलकुद कार्यक्रमको सुरुवात गरेका थिए । पहिलो दिन विद्यालयको खेल मैदानमा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्राबीच तहगत रूपमा अन्तरसदनात्मक तथा खुला प्रतिस्पर्धात्मक गरी विभिन्न खेलहरू सम्पन्न भएका छन् ।
नर्सरीदेखि कक्षा ३ सम्मका लागि विविध ११ प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको विद्यालयकी प्राइमरी इन्चार्ज कुमारी भीम गुरुङले जानकारी दिइन् ।
त्यसैगरी, कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच छात्र÷छात्रा ह्याण्डबल, भलिबल र बास्केटबलका खेलहरू सम्पन्न भए ।
शुक्रबार एथलेटिक्स अन्तर्गतका १ देखि १२ सम्मका एथ्लेटिक्स अन्तर्गतका विविध खेलहरू पोखरा रंगशालामा सम्पन्न हुने तथा तेस्रो दिन विद्यालयको खेल मैदानमा नै फाइनल खेल सम्पन्न हुने मावि इन्चार्ज विष्णुप्रसाद सुवेदीले बताए ।
Related News
सम्बन्धित समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१