पोखरा । क्यानडा पठाइदिने नाममा युवा युवतीलाई ठगी गर्ने २ विदेशीसहित ६ वना पोखरामा पक्राउ परेका छन् ।
प्रहरीले बुद्धचोकको टास्क होटलबाट पोखरा १३ पाटनवेसीकी ६५ वर्षे पार्वती सुनार, महेन्द्रपुलकी ३७ वर्षे की रिता सुनार, स्याङ्दा फेदीखोलाकी ३२ वर्षे सिमा सुनार र काठमाडौं कलंकीका ३८ वर्षे प्रदिप उपाध्यायलाई पक्राय गरेको हो । यसैगरी क्यानडाको अलवर्ट राज्य क्यालगोरी सिटीका ४५ वर्षे राकेश जैसवाल र भारतको भोपालका ३२ वर्षे इस्मित कौर समेत पक्राउ परेका छन् ।
उनीहरुले टास्क होटेलमा बसेर सुरुमा प्रतिव्यक्ति २ हजार रुपैयाँ उठाउँदै अन्तवार्ता लिइरहेका थिए । पार्वती सुनारले मेरो छोरी क्यानडामा छ सिधै क्यानडाको भिसा निकालिदिन्छ राम्रो काममा लगाइदिन्छु विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका छन भनी प्रलोभन देखाएको प्रहरीले जनाएको छ । क्यानडा जानका लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने अन्तर्वार्तामा पास भएपछि त्यो रकम बुझाउने सर्त थियो । उनीहरु सबैलाई जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दमा ५ दिनका लागि म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१