पोखरा । सुपर मादी हाइड्रो पावर लि को तेर्हौ र चौधौं संयुक्त साधारण सभा शनिबार काठमाडौँमा भएको छ I कम्पनी अध्यक्ष पुष्पज्योति ढुंगानाको अध्यक्षतामा सम्पन्न साधारण सभा ले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरेको छ I
अध्यक्ष ढुंगानाले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाटको सुपर मादी जलविधुत आयोजना निर्माणको अबधिमा आएका विषम परिस्थितिहरुको सामना गर्दै आयोजनालाई छोटो समय र तुलनात्मकरुपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए ।
आयोजना संचालन को ३ महिना को अबधिमा नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरु को लागि २ प्रतिशत को लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ र आगामी दिनमा यस आयोजना मार्फत अन्य सम्भावित आयोजनामा समेत लगानी गर्ने र यसै समूह द्वारा निर्माण गर्न लागिएको ताप्लेजुंग जिल्ला स्थित तमोर नदि मा निर्माणाधीन २८५ मे.वा. क्षमता को अपर तमोर जलबिधुत आयोजना मा समेत यस कम्पनि द्वारा लगानी गर्न गरिएको प्रस्ताब सम्पूर्ण शेयरधनीहरु को उत्साहपूर्ण स्वीकृतिसहित साधारण सभाले सर्बसम्मत पारित गरेको छ I
यसै साधारण सभा बाट कम्पनीको आगामी ४ बर्षको कार्यकालका लागि संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालक चयन भएका छन् । जसमा पुष्पज्योति ढुंगाना, रघुनाथ पुरी, धनराज आचार्य, मित्रप्रसाद काफ्ले र बाबुराम थापा निर्विरोध निर्बाचित भए ।
त्यसैगरी सर्बसाधारण शेयरधनीहरु को तर्फ बाट संचालकमा अरुणा पराजुली निविरोध निर्बाचित भइन् । स्वतन्त्र सञ्चालकमा बिष्णुप्रसाद पाण्डेय सर्बसम्मतीले अनुमोदित भए ।
सुपर मादी हाइड्रो पावरले निर्माण गरेको सुपर मादी जलबिधुत आयोजना कास्की जिल्ला को मादी नदीमा रहेको छ । आयोजनाको क्षमता ४४ मेवा छ I सो आयोजनाको निर्माण कार्य गत वर्ष सम्पन्न भई ब्यापारिक उत्पादन २०७९ चैत २७ गतेदेखि नेपाल विद्युत प्राधिकरणको रास्ट्रिय ग्रिड प्रणालीमा जडान भई सुरु भएको छ I
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१