पोखरा । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो राष्ट्रिय खुला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लबका सुजलराज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरे । छैटौं वरियताका एपिएफका देवराज रानाले सुन्सरीका गणेशबहादुर चम्लागाईलाई २१–१२ र २१–८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१–१४ र २१–१५ ले पहिलो चरणको खेलमा पाखा लगाए ।
पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१–१९, १५–२१ र २१–१२ ले पराजित गर्दा पाँचौ वरियताका नेपाल पुलिसका सुनिल जोशी वाक आउटका आधारमा विजेता बने ।
एपिएफकै प्रम्भ सिंखडाले कास्कीका अविराज शेरचनलाई १९–२१, २१–१२ र २१–१२ को सेटमा पराजित गरे भने देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१–५ र २१–८ हराए ।
प्रतियोगितामा देशभरबाट ३ सयभन्दा बढी खेलाडीले भाग लिएका छन्
एपिएफकै क्षितिज खनालले आर्मीका पविन लिङथेपलाई २१–८, २१–०, कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१–१९ र २१–११, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१–११ र २१–९, नेपाल पुलिस क्लबका पूर्णबहादुर थापाले महोत्तरीका इशान झालाई २१–१२ र २१–८ ले तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१–१६ र २१–१८ ले पराजित गरे ।
ब्याइज यु–१७ तर्फ कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी प्रिक्वाटरमा प्रवेश गरे । पिएसविसीका वसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कञ्चनपुरका उदय चन्द, लाफा समूहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, कञ्चनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कञ्चनपुरका आशीष खत्री, म्याग्दीका दिवश पुन, सुनसरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणको खेल जितेका छन् ।
यु–१२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कञ्चनपुरका उदय चन्द, कास्कीका सविनविक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बासुदेव जैशीले अघिल्लो चरणमा प्रवेश गरेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।
यसअघि प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले यस प्रकारका प्रतियोगिताहरुमा महानगरको सहकार्य रहने बताए ।
कास्की ब्याडमिन्टन संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राखेप सदस्य राजेशकुमार गुरुङले पनि बोलेका थिए ।
१२ इभेन्टमा हुने खेलमा ४८ क्लब तथा विभिन्न जिल्लाका गरी ३ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले भाग लिएका छन् । १४ पुससम्म हुने प्रतियोगिताको मुख्य प्रायोजक पोखरा महानगरपालिका हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१