काठमाडौं । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ ।
काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
उक्त सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले आज सार्वजनिक गरेको छ । उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।
अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पक्राउ प्रतिवादीले काठमाडौँको रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा उक्त स्पामा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्यूरोले जनाएको छ ।
स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको खुलेको पङ्गेनीले बताउनुभयो । पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ ।
उद्धार भएका युवतीमध्ये दुई जना नाबालिका रहेका छन् । युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाई निज स्पा सेन्टरका सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरीछापमा भरुवा बन्दुकसहित १ पक्राउ
प्रश्नपत्र आउट शिक्षक धरौटीमा रिहा
जिबी राईको राहदानी रद्द भएन
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
पोखराको न्युरोडस्थित एभरेष्ट बैंकमा तोडफोड अपरिचित व्यक्तिले गुलेली हाने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१