पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी संस्थापक अध्यक्ष तथा तत्कालीन केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा स्थापित अक्षयकोषमा रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् ।
पूर्व सहकर्मी राईले त्रिभुवनको निधनको १३ औं दिन पुण्यतिथिमा उक्त रकम सहयोग गर्ने घोषणा गरेकोमा पोखरामा सोमबार उनकी सुपुत्री प्राप्ति राई र पत्रकार अपिल त्रिपाठीले सो रकम बराबरको चेक महासंघ महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरे । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने सुवेदीले बताए । कोषमा हालसम्म साढे ४ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।
कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन् ।
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि हालै गठन भएको छ ।
पत्रकार पौडेलको गत वर्ष १ माघमा यती एयर दुर्घटनामा निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१