पोखरा । पोखरा वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले साढे ४ महिना जेल सजाय भोग्नुपर्ने भएको छ ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीले बिहीबार उनलाई ७५ हजार जरिवानासहित साढे ४ महिना जेल सजायको फैसला सुनाएको हो । गत वर्ष माघ ९ मा उनी १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकामा न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७(१) क अनुसार उक्त कसूरमा ३ महिना कैद तथा ५० हजारसम्म जरिवाना हुने उल्लेख भए पनि सार्वजनिक पद धारण गरेको व्यक्ति (जनप्रतिनिधि) भएकाले उनलाई ५० प्रतिशत बढी कैद तथा जरिवाना हुने व्यवस्था छ । साथै पीडित महिलालाई १० हजार क्षतिपूर्ति भराउनु पर्नेछ ।
गत वर्ष पोखरा २४ कै वडा सदस्य मैयाँ नेपालीले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसूरमा आफ्नै वडाध्यक्ष अधिकारीलाई कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालत छिरेको उक्त कसूरमा न्यायाधीश ऋषिराज आचार्यको इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएकोमा लामो अनुसन्धानपछि अन्ततः उनलाई जेल सजाय फैसला सुनाइएको हो ।
पोखरा–२४, कास्कीकोट निवासी अधिकारी स्थानीय तह निर्वाचन, २०७९ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । वडाका अन्य ४ सदस्य नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।
वडा सदस्य मैयाँ नेपालीलाई वडाध्यक्ष अधिकारीले जातीय भेदभाव गरेको भन्दै न्याय दिलाउन उत्पीडित समुदाय संघर्ष समिति कास्की नै गठन भएको थियो । सबै दलनिकट उत्पीडित समुदायका संघसंगठन तथा दलितसँग सम्बन्धित संस्थाले जातीय दुव्र्यवहारजन्य घटनाविरुद्ध संघर्षको अगाडि बढाउने निर्णय गरेका थिए ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१