पोखरा । माधव वियोगी साहित्य पुरस्कार–२०८० बाट कवि रामबाबु सुवेदी पुरस्कृत भएका छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिँदैआएको उक्त पुरस्कार राशि नगद २५ हजार र सम्मानपत्र छ ।
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले उनलाई पुरस्कृत गर्दै जनस्तरबाटै माधव वियोगी वाङ्मय प्रतिष्ठान खुल्नु अनि उक्त प्रतिष्ठानले माधव वियोगी साहित्य पुरस्कार स्थापना गर्नु आफैँमा उल्लेख्य कार्य भएको बताए ।
गण्डकी प्रदेश सभाका पूर्व सदस्य डा. पुष्पा केसी भण्डारीले सिर्जनाकर्मीको आराधना गर्नु सभ्यताको पूजा गर्नुजस्तै भएको बताइन् । उनले छन्द र साहित्यको उन्नयनमा लाग्ने सबैप्रति आभार व्यक्त गरिन् ।
छन्दनायक माधव वियोगीले पोखरा छोरेपाटनमा रहेको छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दको नियमित वाचन शृङ्खला पनि हुने जानकारी दिए । सम्मानित स्रष्टा सुवेदीले भोलिको देश निर्माण गर्ने कलिला बालबालिकाबारे बालकविता लेख्नुपर्छ भन्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बेलघारी टोल विकास संस्थाका सल्लाहकार संयोजक झपिन्द्रराज रेग्मी, संस्कृत क्याम्पसका प्रमुख डा. जगन्नाथ रेग्मी, डेभिड फल युवा सञ्जालका महासचिव दीपक सुवेदी लगायतले बोलेका थिए ।
उक्त अवसरमा आर्या त्रिपाठी, रोशन तिम्सिना, निकेश गिरी, रुद्रबहादुर थापा, देवेन्द्र केसी, रमा खतिवडा, शालिग्राम आचार्य, शिव त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।
प्रतिष्ठान उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सचिव छन्दमणि त्रिपाठीले सञ्चालन गरेका थिए ।
यसअघि उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि मुकुन्द शरण उपाध्याय लाई प्रदान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
hero news full width
मुख्य समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१