भूकम्पका  घाइतेको निशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय     

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
Mohan Bahadur Basnet

काठमाडौं ।  मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…

hero news full width