पोखरा । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने विसं २०७९ को यस वर्षको ‘पद्मश्री साधना सम्मान’ बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गरिएको छ । उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यंग्यका माध्यमबाट नवीन दिशा दिएका छन् ।
१९९९ चैत ५ मा आर्वा (हालको पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले यसअघि जगदम्बा श्री, प्रबल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् ।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको राशि ३/३ लाख रुपैयाँ छ
उनका ४ ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् । पछिल्लो समय उनी कान्तिपुरका लागि कार्टुन बनाउँदै आएका छन् ।
‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई मनु उपन्यासका लागि शनिबार अर्पण गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएका शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मालाई यस वर्षको ‘पद्मश्री गौरव सम्मान’ अर्पण गरिएको छ ।
पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तकको सूचीमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ परेका थिए ।
यसअघि प्रतिष्ठानले १ सय ८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये ५ पुस्तक सर्टलिस्टमा परेका हुन् । प्रतिष्ठानले २०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि ३ लाख रुपैयाँ छ ।
Related News
सम्बन्धित समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१