भण्डाढिकमा तेज मेला सुरु

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८०
bhandardhik

लेखनाथ । भण्डारढिकको को प्रस्तावित रंशालामा बुधबारदेखि तीज मेला सुरु भएको छ । असोज १ सम्म चल्ने मेला भण्डारढिक टोल विकास संस्थाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २९ को सहकार्य र विभिन्न सामाजिक संघ सस्थाहरुको सहयोगमा सञ्चालित मेलामा खुला सेभन ए साइड प्रतियोगिता सञ्चालन गरिएको छ । मेलाको अन्तिम दिन असोज १ गते विविध सास्कृतिक कार्यक्रमका साथ तीज गीत प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिता राखिने भएको छ ।

मेलाको पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले उद्घाटन गरेका छन् । खुलाला सेभन ए साइड फुटबलमा ४३ वटा टिमले भाग लिएको मेलाका संयोजक तथा आयोजक सस्था भण्डारढिक टोल विकास सस्थाका अध्यक्ष अरुण गुरुङले जानकारी दिए ।

असोज १ गते हुने अन्तिम खेलमा प्रथम हुने समुहलाई १ लाख ११ हजार १ सय ११ र उप विजेता समुहलाई ५५ हजार ५ सय ५५ साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनने छ ।

मेलाको उद्घाटन समारोहमा आदर्श युवा क्लबका सस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष भीमबहादुर नेपाली, जनप्रकाश माविको तर्फबाट प्रमोद पौडेल, शिवशत्ति आमा समूहकी लक्ष्मी सुनार, टोल विकास सस्थाको तर्फबाट जीवनदेव पौडेल लगायतले सवैको साथ र सहयोगले मेलालाई सफल पार्नुपर्ने सुझाव राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width