धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ बरोबर चर्चामा आउने गर्दछन् । कहिले उनी आफ्नै कारणले चर्चामा आउँछन् त कहिले अरुले चर्चित बनाउँछन् । उनको काम गर्ने शैली आफ्नै किसिमको छ । त्यो शैलीको कारणबाट पनि उनी विवादमा फस्ने गरेका छन् र चर्चित हुने गरेका छन् । अहिले पनि उनी फेरि एक पटक चर्चित बने । तर अहिलेको चर्चा पहिलेको भन्दा फरक छ । अहिलेको चर्चा उनको आफ्नो चुनावको बेला धरानवासी समक्ष जुन बाचा गरेका थिए त्यो बाचा पूरा गरेकाले पाएका हुन् । उनले चुनावको बेला धरानवासीलाई निशुल्क पानी खुवाउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यो प्रतिबद्धता अनुसार धरानवासीले पनि उनलाई विश्वास गरे, मत दिए र नगर प्रमुख बने । आफ्नो त्यो प्रतिबद्धता पूरा गर्न उनी धरान वरिपरिका क्षेत्रमा नदीनाला र पानीको स्रोतहरु हेर्दै यताउता गरे । तर पानी ल्याउन सकेनन् । उनको आलोचना पनि भयो । तर अहिले उनले ४० किलोमिटर टाढाको कोकाहा खोलाबाट धरानमा पानी ल्याउन सफल भएका छन् । पानीको अभावमा तड्पिरहेका धरानवासीले यतिबेला उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
नगर प्रमुख हर्क साम्पाङले असम्भव प्राय: मानिसको कामलाई सम्भव बनाएका छन् । त्यसमा पनि उनको यो विशेषता रहेको छ कि ४ करोड ५० लाख लागतको त्यो परियोजना जनताको श्रमदान र विदेशमा बस्ने नेपालीहरुको सहयोगबाट सम्पन्न गरेका छन् । उनले त्यो परियोजनाको लागि आफैँले श्रमदान गरेका छन् । आजको युगमा एक जना नगर प्रमुख भएकोले पाइप, ढुंगा बोकेकामा आलोचना पनि गरिएको छ । तर उनी आफ्नै सुर र तालमा अघि बढ्दै गए र रातोदिनको श्रमदानपछि ९८ दिनमा धरानमा पानी ल्याएरै छाडे । त्यत्ति पानीले धरानलाई पुग्ने त होइन तर त्यसले राहतले निश्चय नै गरेको छ ।
कोकाहा खोला परियोजनाबाट हाल दैनिक ८० लाख लिटर पानी उत्पादन हुने बताइएको छ । त्यो पानी टंकीमा राखेर धारामार्फत वितरण गरिनेछ । त्यस काममा मेयर आफँै लागेको भए तापनि धरान उपमहानगरपालिकाले खर्च गरेको छैन । यसलाई पनि एउटा विशेषता मानिएको छ । त्यसरी धरानमा पानी आएको दिन धरानवासीले खुसी मनाएका थिए । खुसी मनाएर कोही त्यही पानीमा नुहाएका थिए भने कतिपयले पेटभरि पानी पिएका थिए । त्यो दिनको वातावरण निकै रमाइलो थियो र हेर्नलायक थियो । उपस्थिति सबैले ‘धन्य हर्क साम्पाङ’ भन्दै उनलाई धन्यवाद दिँदै थिए ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
वैशाख २८, २०८१सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१