पोखरा । पोखरा १७ ड्यामसाइडस्थित राधाकृष्ण मन्दिर सञ्चालक समितिको नयाँ कार्यसमिति अध्यक्षमा हेमन्त अधिकारी सर्वसम्मत चयन भएका छन् । दिग्दर्शक वाचक शिरोमणि पं.दीपक सापकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिव रमेशराज पौडेल, कोषाध्यक्ष देवीलाल अधिकारी, सहसचिव कल्पना श्रेष्ठ, सहकोषाध्यक्ष लक्ष्मण अधिकारी छन् । सदस्यमा गौरवराज भण्डारी, लेखनाथ तिवारी, शिवजी बराल, मुक्ति अधिकारी, कृष्ण अधिकारी, बलराम भट्टराई र डिल्लीराम सिग्देल चयन भए । यस्तै, अधिवक्ता रघुनाथ अधिकारीको अध्यक्षतामा ९ सदस्यीय गुठीयारहरुको प्रबन्धक समिति चयन गरेको छ । निर्वाचन कमिटी संयोजक अधिवक्ता रघुनाथ अधिकारीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ खुवाए ।
साधारणसभाले सल्लाहकारमा अधिवक्ता रघुनाथ अधिकारी, दिग्दर्शक वाचक शिरोमणि पण्डित, दीपक सापकोटा, रामबहादुर रोका, रामबहादुर ढकाल, लीलबहादुर गुरुङ, टुवराज बास्तोला, महेन्द्र श्रेष्ठ छन् ।
कार्यक्रम ज्येष्ठ नागरिक लीलबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।
२००० सालमा राधाकृष्ण देवताको रुपमा स्थापित मन्दिर २०२९ सालमा राधाकृष्ण मन्दिरको रुपमा निर्माण भएको हो । यो मन्दिर पोखराकै सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिर मानिन्छ ।
Related News
सम्बन्धित समाचार
अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
छुट प्रदान गर्ने सम्झौता
hero news full width
मुख्य समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
वैशाख २७, २०८१पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१