पोखरा आदर्श सेकेन्डरीमा वृक्षरोपण एवं सरसफाइ

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८०
pokhara adarsha school

पोखरा । विश्व वातावरण दिवस अवसरमा पोखरा बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भएको छ ।

विद्यालय प्रधानाध्यापक फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयभित्रको बगैंचामा फूल रोप्ने र विद्यालय वरपर सरसफाइ गर्ने कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीको पनि सक्रिय सहभागिता थियो ।

प्रअ अधिकारीले मानव जीवनमा स्वच्छ वातावरणको महत्वका विषयमा प्रकाश पारे । विद्यालय सञ्चालक प्राध्यापक तथा साहित्यकार शिव त्रिपाठीले आजको विश्वजनित परिवेशमा वातावरण प्रदूषण भएकै कारण अनेक समस्या निम्तिएको र वातावरणलाई हराभरा बनाउन सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कक्षा १० की छात्रा संस्कृति सुवेदीले वातावरण स्वच्छ राख्न घर अनि स्कुलबाटै सुरु गर्नुपर्ने विचार व्यक्त गरिन् । कार्यक्रम सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तिलक बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width