पोखरा । माछापुच्छ्रे माध्यमिक विद्यालयको ग्रिनफोर्स क्लब–माछापुच्छ्रेले ५० औं विश्व वातावरण दिवस मनाएको छ ।
क्लबले विद्यार्थीलाई पूर्व सूचना गरी आफ्नो घर वरपरको फोहर संकलन गरी बुझाउने प्रतियोगिता आयोजना गरेको थियो । प्रत्येक समूहमा १० विद्यार्थी सम्मिलित गरी ३० समूहले ५ सय १९ केजी फोहर संकलन गरेको क्लब अध्यक्ष नम्रता गुरुङले बताइन् ।
विजयी समूहलाई पुरस्कार वितरण गर्दै अन्नपूर्ण संरक्षण क्षेत्र सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले विद्यालयको रचनात्मक कामको प्रशंसा गरे ।
माछापुच्छ्रे २, भुर्जुङखोलास्थित माछापुच्छ्रे विद्यालयले प्रत्येक कक्षालाई भाषा, व्यवसाय, प्रकृति संरक्षण, नेतृत्व विकासलगायतका विभिन्न थिममा क्रियाशील गराइरहेको छ ।
विद्यालय प्रअ सन्तोष आचार्यले प्रत्येक कक्षालाई छुट्टाछुट्टै थिममा सक्रिय बनाउँदा सिकाइसमेत प्रभावकारी बन्दै गइरहेको बताए । करिब ७ सय विद्यार्थी नियमित अध्ययन गर्ने माछापुच्छ्रे मावि क्रियाकलापका आधारमा देशकै उदाहरणीय स्कुल हो । विद्यालयका शैक्षिक गतिविधि अवलोकन गर्न देशका थुप्रै विद्यालय त्यहाँ पुग्ने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा देशभरकै प्रदूषित सहर
आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
अझै दुई दिन पानी पर्ने
तारेपहरो डम्ठी वनमा दुर्गादत्त
पोखरामा मनाइयो विश्व सिमसार दिवस
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१