सौन्दर्य व्यवसायी चिनु गुरुङलाई १ लाख रुपैयाँको राष्ट्रिय पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८०
chinu

पोखरा । महिला उद्यमशीतलामा योगदान पुर्‍याएकोमा नेपाल सरकारले सौन्दर्य व्यवसायी चिनु गुरुङलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचौं राष्ट्रिय महिला अधिकार दिवस अवसरमा गण्डकी प्रदेशबाट उनी सम्मानित भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

मन्त्रालयले चिनुसहित सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठमाडौंमा पुरस्कृत गरेको थियो ।

२०५२ सालदेखि सौन्दर्यकर्ममा निरन्तर लागिपरेकी चिनुले हालसम्म ३ हजारभन्दा बढी गृहिणी तथा युवालाई विभिन्न तालिम दिइसकेकी छन् । यसरी तालिम प्राप्त गर्नेमध्ये सौन्दर्यको बजारमा १ हजारभन्दा बढी जना स्वरोजगार भएका छन् ।

जसमा ७ हजारभन्दा बढीले स्वदेश तथा विदेशमा रोजगार पाएका छन् ।

पृथ्वीचोकवाट व्यवसाय सञ्चालन गरेकी चिनुले हाल गुरुङ व्युटीपार्लर एन्ड एकेडेमीरुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय बनाएर व्यवसाय सञ्चालन गरेकी छन् । प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा बिस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्ष उनी थुप्रै सामाजिक संघसस्थामा आवद्ध छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width