गल्याङमा सार्वजनिक सुनुवाई

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
galyang

पोखरा । गल्याङ नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले समृद्ध गल्याङ खुसी नगरबासी बनाउने अभियानका साथ आफू अगाडि बढेको र जनताको साथ सहयोग लिएर अघि बढेको बताए ।
संघ तथा प्रदेश सरकारसँग समन्वय गरेर गल्याङको सडक, स्वास्थ्य शिक्षा, खानेपानी, सिँचाइ, बसपार्क र पूर्वाधार विकासको पक्षमा अहोरात्र लागिपरेको बताए ।

कृषि तथा व्यावसायिक पशुपालन गरेर आत्मनिर्भर बनाउने उत्पादित वस्तुको बजारीकरण गर्ने बाटोघाटो पिच गरेर गल्याङ नगरलाई सुगम नगरको रुपमा विकास गर्ने, बसाइँसराइ कम गर्ने र रोजगारी सिर्जना गरेर उत्पादकत्व वृद्वि गरी नगरले काम गरेको उनको भनाइ थियो ।

सानातिना योजनाभन्दा पनि जनताले देख्ने र महसुस गर्ने गरी विकास निर्माणमा जोड दिइएको भन्दै समयानुकूल र व्यावहारिक शिक्षा प्रदान गर्ने, अबको ३ वर्षभित्र १ घर १ धारा निर्माण गर्ने, गल्याङ केन्द्र भएर सञ्चालनमा रहेका सडक पिच र फराकिलो पार्नेमा आफ्नो ध्यान केन्द्रित गरेको बताए ।
दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिकाले दोस्रो चौमासिकसम्म आइपुग्दा ६० प्रतिशत कार्य सम्पन्न गरेको सुनाए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेकपा एमाले गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर थापा, नेकपा एकीकृत माओवादी केन्द्रका गल्याङ नगर कमिटी अध्यक्ष चित्रबहादुर राना, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुव) गल्याङ चेम्बर अफ कमर्र्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, चिराग आवासीय माध्यमिक विद्यालय सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद श्रेष्ठ, गल्याङ नगरपालिका वडा नं.३ का पूर्व वडासदस्य अमृत श्रेष्ठ, स्थानीय समाजसेवी सूर्यप्रसाद भट्टराई, रामप्रसाद सापकोटा, छविलाल भट्टराई, राजन अधिकारी, यामकान्त चापागाईंलगायतले विभिन्न विषयमा सबाल र सुझाव पेस गरेका थिए ।

कार्यक्रममा उठेका सबालको जवाफ गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई र प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले दिएका थिए । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख हेमा न्यौपाने र सञ्चालन आलमदेवी मिडियाका अध्यक्ष टीकाराम अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width

Recent Posts

भर्खरै