मुवाथाई सिकाइँदै

आदर्श समाज सम्वाददाता
जेठ १०, २०८०
muithai (1)

पोखरा । पोखरामा जारी मुवाथाईको समर क्याम्पमा सहभागीलाई मंगलबार मुवाथाईको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिइएको छ ।

थाइल्याण्डबाट सुरु मार्शल आर्ट मुवाथाई विश्वव्यापी बनेसँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पअन्तर्गत मंगलबार मुवाथाईको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको सो खेलका लागि नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षत्रीले जानकारी दिए ।

विभिन्न विद्यालयका १ सय जनाभन्दा बढी सहभागि रहेको समर क्याम्पमा मुवाथाईको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताबारे जानकारी गराइएको थियो । सो अवसरमा व्यावसायिक खेलकुदमा मुवाथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सोको प्रदर्शनी खेलसमेत गरिएको क्षत्रीले बताए । प्रशिक्षक ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले उनीहरुलाई प्रशिक्षण दिएका थिए । उक्त समर क्याम्प भने शनिबारसम्म चल्नेछ । दीक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागीलाई बेल्ट प्रदान गरिने छ ।

मुवाथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै