पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको आयोजनामा पोखरामा प्रादेशिकस्तरीय बजेट योजना तथा व्यावसायिक रणनीतिक कार्यशाला भएको हो ।
२ दिनसम्म चलेको कार्यशालाको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले कार्यशालाको उद्देश्य र महत्वबारे जानकारी दिएका थिए ।
कार्यशालामा सात वटै प्रदेशका प्रादेशिक कार्यालय र सो अन्तर्गतका क्षेत्रीय स्टेसनहरुको लक्ष्य/प्रगति, भावी योजना, अनुभव आदानप्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्षको रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ब्यवसायिक रणनीति/कृषिमा आधारित नयाँ कर्जा प्रोडक्टबारे प्रशिक्षण दिइएको थियो । यस्ते, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, भाखा नाघेको कर्जा व्यवस्थापन, जनशक्ति ब्यवस्थापन, लघुवित्त सञ्चालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी व्यवस्थापनबारे पनि विभागीय प्रमुखबाट प्रशिक्षण दिइयो ।
संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले नियामक निकायबाट जारी निर्देशन, भावी योजना रणनीति तथा अन्य समसामयिक विषयमा कर्मचारीलाई मार्गनिर्देशन गरेका थिए ।
कार्यशालामा केन्द्रीय कार्यालयबाट सबै विभागीय प्रमुखहरु तथा विभागमा आवद्ध कर्मचारी, ७ वटै प्रदेशका प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख र प्रादेशिक कार्यालयअन्तर्गतका क्षेत्रीय स्टेसनमा कार्यरत क्षेत्रीय प्रबन्धक गरी करिब ४५ जनाले भाग लिएका थिए ।
संस्थाको केन्द्रीय कार्यालय पोखराको हेमजामा छ । संस्थाले ६८ जिल्लामा १ सय ४८ वटा शाखा उपशाखा बिस्तार गरेको छ । करिब १ लाख २० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१