पोखरा । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोले ‘ब्रह्माण्ड’ नामक सिरिज निर्माण गर्ने भएको छ ।
सस्पेन्स फिल्मी ड्रामा र नेपालको प्राकृतिक सुन्दरता दर्शाउने कथामा सिरिज बन्दै गरेको कान्तिपुर फिल्म एकेडेमीको प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले बताए । उनका अनुसार बाबुछोराको शहरसँगको सम्बन्ध र त्यसले पारेको प्रभाव सिरिजमा छ ।
पोखराको ओपन हाउस, गुप्तेश्वर गुफा, चरक मेमोरियल हस्पिटल, लेकसाइड स्ट्रिट, ट्रेडमल, मिडटाउनमा लगायतमा छायांकन गरिएको सिरिजमा कलाकार सुनिल थापा, अर्पण थापा, राजन खतिवडा, विष्णु पहारी लगायतको अभिनय छ । पहिलो चरणमा ३ भाग छायांकन पोखरामै गरिएको हो । अरु भाग पनि पोखरामै गर्ने तयारी छ ।
टोपी स्टुडियो संचालक सागरराज आचार्यले सिरिजलाई ओटिटी प्लेटफर्म जी फाइभ र अमेजन प्राइममा रिलिज गरिने जानकारी दिए ।
नेपालमा ओटिटी प्लेटफर्म सोचेजस्तो नहँुदा सिरिज निर्माणमा धेरैको ध्यान नपुगेको पाइन्छ । डिजिटल मार्केटमा नेपाली दर्शक कमै छन् । यति हुुँदाहुँदै पनि निर्माण हुन लागेको सिरिजबारे पुरी भन्छन्, ‘सिनेमाभन्दा माथि उठेर डिजिटल प्लेटफर्ममा नेपाली कथालाई पु¥याउने जमर्को हो । सिनेमाका सबै कथा अब हलमा मात्रै हेरेर सम्भव हुँदैन । सिरिजलाई लिएर आशावादी छौं ।’
Related News
सम्बन्धित समाचार
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१