१. आज युवायुवतीहरूको आकर्षक दिन प्रणय दिवस अर्थात अङ्ग्रेजीमा भ्यालेन्टाइन डे। प्रणय अर्थात प्रेम भन्ने शब्दले नै युवायुवतीमा एक किमिसको कौतुलहता ल्याउँछ। शरीरमा सम्वेदना प्रकट हुन्छ र एक अर्काप्रति आकर्षण पैदा गर्दछ। उनीहरू एक अर्कासँग हेलमेल गर्न चाहन्छन् र नजिक हुने प्रयत्न गर्दछन्। आजको दिन त्यसको लागि उपयुक्त समय मानिन्छ।
२. युवायुवती एक अर्कासँग नजिक हुन र हेलमेल गर्न एकले अर्काका लागि उपहार दिने गर्दछन्। सँगै बसेर खान निम्त्याउँछन् र त्यो कोमल हृदयभित्रको भावना साटासाट गर्दछन्। ती सबै काम गर्नका लागि उनीहरू यो समाजमा अलि उकुसमुकुसको अनुभव गर्दछन् र खुल्ला र अनुकूल स्थानमा जान र बस्न मन पराउँछन्।
३. भ्यालेनटाइन डे के कसरी मनाउने गरियो, त्यसबारे अधिकांशलाई थाहा छैन। आजका कतिपय मानिसहरू त्यो कुरा थाहा पाउन त्यति उत्सुकता पनि जनाउँदैनन्। उनीहरूले यो दिवसलाई फेशनका रूपमा लिने गरेका छन् र फेशनमा बहकिएर प्रेम प्रकट गर्ने अवसरका रूपमा लिने गरेका छन्। त्यसैले जानेर, नजानेर भरखरका किशोरकिशोरी पनि गिफ्ट दिन र लिन उत्सुक हुन्छन्।
४. कतिपय युवायुवती भावनामा वहेर तथा आजको दिनमा प्रेम प्रस्ताव राख्नु राम्रो हो भनेर प्रेम प्रस्ताव राख्ने गरेको पनि सुनिन्छ। प्रेम गरेकाहरू आफ्ना प्रेमलाई अरु दरिलो र मजबुत पार्ने प्रयास गर्दछन् र उनीहरूमध्ये कतिपयले प्रेम विवाह गर्ने फैसला पनि गर्दछन्। ती सबैका लागि भ्यालेन्टाइन डे उपुक्त समय मान्दछन्।
५. तर हाम्रो समाजको अर्को पक्षले भ्यालेन्टाइन डेलाई पश्चिमी संस्कृति भनेर युवायुवतीलाई सकेसम्म त्यसबाट प्रभावित नहुन आग्रह गर्ने गरेको छ। तर यो संस्कृति यति जोडबलका साथ आएको छ कि अब यसलाई रोक्नु त्यति सजिलो छैन। युवायुवतीले यसलाई एक महत्त्वपूर्ण पर्वका रूपमा लिइसकेका छन्।
६. केही वर्षदेखि गिफ्ट पसलमा गिफ्ट लिन युवायुवतीको सङ्ख्या बढ्दो छ। रेष्टुरेन्टमा उनीहरूको उपस्थिति देख्दा यो पर्व हाम्रो समाजमा स्थापित भएको प्रष्ट हुन्छ। काठमाडौंबाट फैलिएको यो हावा देशका विभिन्न सहरमा पुगिसकेको छ। केही गाउँमा पनि देख्न थालिएको छ।
७. हामीकहाँ बाहिरको कुराले छिटो प्रभाव पार्दछ। त्यसमा पनि यो विषय नै यस्तै पर्यो। प्रेम गर्नुलाई नराम्रो भन्ने अवस्था अहिले रहेन। कुरा यत्ति हो कि कुन उमेरमा कसरी गर्ने सोच्नुपर्नेमा कुरा त्यो हो। एउटा मर्यादामा रहेर भविष्यको ख्याल गर्नु आवश्यक छ। अन्यथा प्रेम गर्नु राम्रो कुरा हो। राम्रो काम कुरा गर्नेलाई हामीले शुभकामना दिनर्ुपर्दछ। भ्यालेन्टाइन डे को उपलक्ष्यमा हाम्रो यही शुभकामना छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१