पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको ३५ हजार

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८०
sports award

पोखरा । पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणलाई सिटिजन फर्निचर ट्रेड लिंकले ३५ हजार सहयोग गरेको छ । सो सम्बन्धमा सोमबार सिटिजन फर्निचरका तर्फबाट सञ्चालक दीपक कार्की र गुरुदत्त पौडेल तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका तर्फबाट अध्यक्ष दीननाथ बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

पोखरा न्युरोडस्थित सिटिजनले तेस्रो मुलुकबाट आयातित अत्याधुनिक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान बिक्री गर्दै आएको छ ।

अवार्डको लागि आभ्या क्लबले १५ हजार, नेपाल हवाई खेलकुद संस्था (ना) ले ७ हजार र क्लासिक चुलोले १० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । २३ वैशाखमा पोखरा सभागृहमा हुने अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष तथा महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width