लमजुङ । ग्रामीण पर्यटनको उद्गमस्थल स्मार्ट भिलेज घलेगाउँमा आयोजित छैटौं आमन्त्रित गोल्डकपको शनिबार समापन समारोह भइरहँदा चट्याङमा परी ३ युवा घाइते भएका छन् ।
घाइते हुनेमा मस्र्याङ्दी गाउँपालिका–८ का १५ वर्षीय किशोर आकाश घले, वडा १ की १९ वर्षीया चेतकुमारी गुरुङ र क्ब्होलासोंथर–३ का ३७ वर्षीय डिल्लीश्वर गुरुङ रहेको प्रहरीले जनाएको छ । तीमध्ये डिल्लीश्वरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते तीनै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताए ।
क्होलासोथर गाँउपालिका–३ स्थित स्मार्ट भिलेज घलेगाउँ स्वर्गभूमि रंगशालामा फाइनल खेलपछि समापन समारोह भइरहँदा एक्कासि चट्याङ लागेर उनीहरु बेहोस भएक ाथिए । जसका कारण समापन समारोह समेत बिथोलिएको थियो । पुरस्कार वितरण भइरहँदा चट्याङ परेपछि मानिस तितरबितर भएका थिए । म्यान अफ दि म्याचको घोषणा हुन पाएन । आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले सो घटनाको दुख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यसैबीच, सेन्ट्रल कलेज रामपुर रड्स चितवनलाई २–१ गोलले हराउँदै बेंसीसहर युथले उपाधि जितेको छ । उसले उपाधिसहित ५ लाख ५ सय ५५ रुपैयाँ, कप र मेडल हात पारेको हो । गत पुसमा ३० औं त्रिवेणी कपमा विजयी भएर ५ लाख पनि जितेको थियो ।
उपविजेता सेन्ट्रल कलेज रामपुरले ३ लाख ५ सय ५५ रुपैयाँ, कप र मेडल पाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको सुरुआति मिनेटमै बेसीसहर युथ सोसाइटीका सुनिल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । रड्स रामपुरका विदेशी खेलाडी यनिक कोअनाले ७४ मिनेटमा बराबरी खेले । ८६ औं मिनेटमा फेरि बेसीसहरले गोल अन्तर बढाउन सफल भयो । आकाश थापामगरको गोल नै अन्ततः विजयी गोल बन्यो ।
विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाल, आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँ अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, खेल संयोजक गंगाबहादुर घलेलगायतले पुरस्कार वितरण गरेका हुन् । १ बैशाखदेखि सुरु प्रतियोगितामा १२ टिमले भाग लिएका थिए ।
समुद्री सतहदेखि २१०० मिटर उचाइको पहाडी जिल्लामा यस्तो प्रतियोगिता पहिलो रहेको पर्यटन समितिका अध्यक्ष घलेले दाबी गरे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१