मदन भण्डारी स्पोर्टस् एकेडेमीले दियो जिल्ला कमिटीलाई पूर्णता

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८०
15252490681613

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीले जिल्ला कमिटिहरुलाई पूर्णता दिएको छ ।

एकेडेमीले शुक्रबार परिपत्र जारी गर्दै जिल्ला कमिटिहरुलाई पूर्णता दिएको जनाएको हो । लुम्बिनीमा गत चैत्र २३ मा सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार जिल्ला कमिटिहरुलाई पूर्णता दिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाए ।

हालसम्म ३९ जिल्लालाई पूर्णता दिएको जनाउँदै अन्य जिल्लाको हकमा यथाशीघ्र निर्णय लिइने अध्यक्ष आचार्यले जनाए । जिम्मेवारी प्राप्त कमिटिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै उनले निर्णयको पूर्ण कार्यान्वयन संगै खेलकुद विकासलाई तीव्रता दिन आग्रह समेत गरेका छन् ।

एकेडेमीको राष्ट्रिय भेला संस्थका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । एकेडेमी अब छिट्टै पालिकाहरुमा कमिटि गठन गर्ने तयारी छ ।

यससँगै “सबैका लागि खेलकुद” भन्ने मूल नारासहित एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता गर्ने तयारी गरिरहेको उपमहासचिव ससुर्ण श्रेष्ठले जानकारी दिइन् ।

जसमध्ये टेबुल टेनिस प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width