दुर्गा मन्दिरमा अक्षरयात्रा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
achher yatra news

पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा भएको छ । ‘जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा’ मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिबार गजलसन्ध्या र नवनीत साहित्य सागरले अक्षरयात्रा गर्दै आएको छ ।

साहित्यिक संस्था स्रष्टा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले भाषा तथा साहित्यको सेवामा लागेको र २ दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

अक्षरयात्राका परिकल्पनाकारमध्येका एक लक्ष्मण थापाले २०६२ सालदेखि सञ्चालित यो कार्यक्रमले पोखराआसपास मात्र नभई लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा र पर्वतका विभिन्न प्रसिद्ध पर्यटकीय ठाउँमा कार्यक्रम गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अञ्जान, सन्दीप अधिकारी, हरिप्रसाद बराल, माधव खतिवडा र वसन्त विनोदलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रम व्यवस्थापन गर्ने स्थानीय संस्था स्रष्टा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गजल सन्ध्याका सहसचिव माधव खतिवडाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width