स्त्री रोगसम्बन्धी शिविर

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७९
sibir

पोखरा । ६६ औं सहकारी दिवस अवसरमा जय मनकामना बचत तथा ऋण सहकारी संस्था, लामाचौरले स्त्री रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

गोरखा मिलन समाज पोखराको सहकार्यमा भएको शिविरमा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग थियो ।

शिविरमा पोखरा १९ आसपासका २ सय ७७ जना महिलाहरुको सहभागिता थियो गोरखा मिलन समाजले निशुल्क ओैषधीसमेत वितरण गरेको थियो ।

पोखरा मिलन समाज अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको पोखरा १९ वडाध्यक्ष एवं जय मनकामना सहकारीका पूर्व अध्यक्ष पुष्पेन्द्र पाण्डेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका सविना श्रेष्ठ, गण्डकी मेडिकल कलेजका प्राचार्य प्राडा रवीन्द्र श्रेष्ठ, डा. वविता खड्का, सहकारी अध्यक्ष नवीन भण्डारी, सचिव

बुद्धिबहादुर खत्री क्षत्री, कार्यक्रम संयोजक उमेशचन्द्र देवकोटा लगायतले शिविरको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width