पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।
कक्षा कोठामा जाँदा शिक्षकले चक, डस्टर तथा मार्कर पेन लिएर जानुको सट्टा अब कम्प्युटर किबोर्ड र माउस प्रयोग गरी शिक्षण गरिने भएको छ । जसका लागि कक्षाकोठामा राखिएको प्रोजेक्टरसहितको सेतो बोर्डमा पाठ्यपुस्तका विषयवस्तुलाई सजिलैसँग देखाउन सकिने भएको छ ।
पोखरा महानगरपालिका र गण्डकी प्रदेशको आर्थिक सहयोगमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका १९ वटा कक्षा कोठामा नयाँ प्रविधिको स्मार्ट डिभाइस जडान गरिएकोे हो ।
पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले नयाँ प्रविधिसहितको स्मार्ट डिभाइसको मंगलबार उद्घाटन गरे । उनले समयको मागसँगै विद्यार्थीलाई प्रविधिमैत्री पठनपाठनका लागि अग्रसर बनाउनुपर्ने सुझाव राखे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, प्रधानाध्यापक रमेश भट्टराई, सहायक प्रअ किरणराज न्यौपाने र कम्प्युटर शिक्षक विक्रमराज चापागाईंले विद्यालयमा जडान गरिएको नयाँ प्रविधिले विद्यार्थीको पठन पाठनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१