पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने विश्वास दिलाएका छन् ।
कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण बनेको बताएका हुन् ।
उनले सरकार बने पनि मन्त्रालयको संख्या नबढ्ने तर जनताबाट जस पाउने गरी काम गनुर्नपर्ने बताए । उनले पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रमहरु गर्दा नजुध्ने गरी काम गर्नुपर्ने सुझाव दिए ।
कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले जिल्ला कार्यसमितिलाई चलायमान, बनाउन गण्डकीभित्रका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने बैठकबाट निर्णय भएको जानकारी गराए । पार्टी संगठन मजबुद बनाउन प्रदेशका ११ वटै जिल्लामा एकैचोटी पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत उनले बताए ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको बैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग संयोजक कल्पना तिवारी, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, सहमहामन्त्री रमेशकुमार पाण्डे, कोपिला रानाभाट जिल्ला सभापतिहरु डा। टकराज गुरुङ, जित शेरचन र नन्द न्यौपाने लगायतले आफ्नो भनाइ राखेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१