प्रहरी कार्यालयको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७९
Bhawan Silanyas

लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै वडाध्यक्ष थापाले शान्तिसुरक्षा र सु–व्यवस्था कायम गर्न स्थानीय सरकार प्रहरीबीच समन्वय हुनुपर्नेमा जोड दिए । उनले भवन निर्माण भएपछि प्रहरीको कार्यसञ्चालन र सेवा प्रवाहमा थप सहजता आउने विश्वास व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दहालले स्थानीय प्रहरीसँग पर्याप्त स्रोतसाधन नभएको अवस्थामा वडा कार्यालयले भवन निर्माणको लागि पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । विकृति विसंगति रोकथाम गरी सभ्य र सुसंस्कृत समाज निर्माणको लागि प्रहरी संगठन सदैव कटिबद्ध रहेको बताए ।

कार्यक्रममा वडाका सवइन्जिनियर संकल्प ढुंगानाले भवन निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । वडाको पहलमा निर्माण हुने उक्त भवनमा पोखरा महानगरको २५ लाख र जनसहभागिता ४ लाख ४१ हजार गरी कुल २९ लाख ४१ हजार लागत लाग्ने उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width