मिस्टर पोखरा उपाधि निश्चललाई

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७९
mr pokhara (1)

पोखरा । मिस्टर पोखराको दोस्रो संस्करण उपाधि कास्कीका निश्चल केसीले जितेका छन् । फाइनलमा केसीले अन्य ५ प्रतियोगीलाई पछि पार्दै ट्रफीसहित १ लाख ५० हजार पुरस्कार प्राप्त गरे । पोखरा विन्ध्यवासिनीस्थित मोन्स्टर जिमका खेलाडी केसीले ७५ केजी तौल समुहमा समेत उपाधि हात पारे ।

७५ केजी तौल समूहमा सुरज विके दोस्रो र कृष्ण भण्डारी तेस्रो भए । ७० केजी तौल समूहमा कास्कीका यमन्तराज गुरुङले उपाधि जिते । सञ्जीव पुन दोस्रो हँुदा गौतम राना तेस्रो भए । ७५ केजीमाथि तौल समूहमा तनहुँका सन्तोष श्रेष्ठ पहिलो, कुशलप्रसाद गुरुङ दोस्रो र दिनेश थापा तेस्रो भए ।

६५ केजी तौल समूहमा नवलपरासीका नवराज डुम्रे प्रथम, कपिल घलान दोस्रो र भानुभक्त कठारिया तेस्रो भए । ६० केजी तौल समूहमा रुपन्देहीका सुनिल आले प्रथम, जलबहादुर चौधरी दोस्रो र सामुयल गुरुङ तेस्रो बने । ५५ केजी तौल समूहमा सुर्खेतका अमित रोका क्षत्री प्रथम, रोहित श्रेष्ठ दोस्रो र आकाश गुरुङ तेस्रो भए ।

मेन फिजिक्स १७० सिएम उचाईमुनिका खेलाडी सम्मिलित प्रतिस्र्धामा कास्कीका सुनिलसेन ठकुरीले उपाधि जितेका छन् । सोही विधामा सुरेश गुरुङ दोस्रो र अनिल गुरुङ तेस्रो भए ।

Related News

सम्बन्धित समाचार

hero news full width