पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले थप दुई मन्त्रालयको कार्यभार सम्हालेका छन् । माओवादीका दुई मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीलाई ती मन्त्रालयको कार्यभार थपिएको हो । मुख्यमन्त्रीले अब भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी हेरफेर भएको सूचना प्रदेश प्रमुखको कार्यालयबाट आइतबार जारी सूचनामा उल्लेख छ । १० गते जिम्मेवारी हेरफेर भएको सूचना प्रदेश प्रमुखको कार्यालयबाट आइतबार जारी भए पनि त्यसमा जारी मिति भने उल्लेख गरिएको छैन ।
भौतिक मन्त्रालयको जिम्मेवारी माओवादीका हरिबहादुर चुमानले लिएका थिए । उनी अधिकारी सरकारमा दोस्रो वरियताका मन्त्री हुन् । यसैगरी उद्योग पर्यटन, वन तथा वातावरणमा रेशम जुग्जाली मन्त्री थिए । उनीहरु चैत १० गते सरकारबाट बाहिरिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएको सूचना पनि सोही दिन माओावादीले संसद सचिवालयमा दर्ता गराएको हो । त्यही दिनबाट अधिकारी सरकार अल्पमतमा परेको छ । माओवादीको समर्थनमा पुस २५ गते एमालेका अधिकारीको नेतृत्वमा सरकार बनेको थियो । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँग गण्डकीमा पनि त्यसको लप्कोले छोएको छ ।
मुख्यमन्त्रीले सरकारबाट बाहिरिएर मार्ग प्रशस्त गरिदिन कांग्रेसले पत्रकार सम्मेलनमार्फत् आग्रह गरेको छ । मुख्यमन्त्री अधिकारीले भने संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र आफूले संसदमै विश्वासको मतका लागि फेस गर्ने जवाफ फर्काएका छन् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१