वाद्यवादन सामग्री विरतण

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७९
madal

पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरिएको हो ।

सम्बन्धित आमा समूहको पदाधिकारीलाई कार्यालयमै बोलाएर मादल, खैजेडी र मुजुरा हस्तान्तरण गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो,’ उनले भने । करिब ६५ हजार रुपैयाँ लागतमा प्रत्येक आमा समूहलाई वडा १ मादल, २ खैजेडी र २ थान मुजुरा उपलव्ध गराएको हो ।

शीतलादेवी आमा समूह अध्यक्ष गंगा कार्की वडाको कार्यको प्रशंसा गरिन् । उनले वाद्यवादको सहुपयोग गर्ने प्रतिबद्धता जनाइन् । वडा सदस्य शान्ति कोइरालाले आमा समूहहरुले अझै बढी सक्रियता बढाउनुपर्ने सुझाव दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width