बाघचालमा नवीन प्रथम

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७९
Bagchal 1

लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा भएको प्रतियोगितामा ३ महिला सहित १५ प्रतियोगीले भाग लिएका थिए ।

प्रथम हुन सफल नवीन सुन्दरबजार–३ का हुन् । यस्तै सोही नगरपालिका–१० का चन्द्रबहादुर भुजेल दोस्रो, वडा ३ की अप्सरा तिमिल्सिना तेस्रो तथा मध्यनेपाल १० का भुवन कुँवर सान्त्वना भए ।

आयोजक संस्थाका संयोजक योगेन्द्र गुरुङका पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ हजार ५ सय, १ हजार, ५ सय दिइयो । सान्त्वनालाई प्रमाणपत्र दिइएको थियो । नेपाली संस्कृतिको रुपमा रहेको बाघचाल र ठाडोभाका बचाउन एकै साथ सो प्रतियोगिता गरिएको अध्यक्ष गुरुङले बताए ।

समापनमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा धम्पु, सोही वडाका अध्यक्ष दीपक ढकाल लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

मेयर कोइरालाले लोप हुँदै गएको बाघचालको संरक्षणका लागि प्रतियोगिता सञ्चालन हुनु सुखद र गौरवको विषय हो भने ।

Related News

सम्बन्धित समाचार

hero news full width