पोखरा । गण्डकी प्रदेशको सरकारबाट माओवादी शुक्रबार बाहिरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि सरकारबाट बाहिरिने भएको हो ।
‘अध्यक्ष ज्यूले निर्देशन दिनुभएको छ । हामी शुक्रबार सरकारबाट बाहिरिन्छौं र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं,’ दलका नेता हरिबहादुर चुमानले भने, ‘आजै बाहिरिनुपर्ने हो । साथीहरु पोखरा हुनुहुन्न रहेछ । शुक्रबार बैठक बसेर नै औपचारिक रुपमा सरकार छोड्छौं ।’
शुक्रबार माओवादीका सबैसांसदलाई बैठकमा डाकिएको चुमानले बताए । ‘सबैजना पोखरा बाहिर हुनुहुन्छ । सबैलाई फोन गरेर बोलाएको छु,’ उनी भन्छन्, ‘शुक्रबार दिउँसोसम्म निर्णय लिन्छौं ।’
माओवादी र राप्रपा समेतको समर्थनमा एमाले नेता खगराज अधिकारी गण्डकीमा मुख्यमन्त्री छन् । यहाँ एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री छन् । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा पुस २५ गते सरकार बनेको थियो ।
माओवादीले समर्थन फिर्ता लिनेवित्तिकै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । अधिकारीले नैतिकताका आधारमा राजीनामा दिन्छन् कि विश्वासको मत लिने समय अर्थात् १ महिनासम्म कुराउँछन् त्यो भने हेर्न बाँकी छ ।
नयाँ समीकरणसँगै गण्डकीमा माओवादीले मुख्यमन्त्री मागेको छ । ८ सिट भएको माओवादीलाई मुख्यमन्त्री दिन २७ सिट भएको कांग्रेस राजी हुने कुरै भएन । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता दलका नेता सुरेन्द्रराज पाण्डे सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताउँछन् । ‘नेतृत्व कसको भन्ने सवाल नै छैन । कांग्रेस पहिलो पार्टी हो, उसैले नेतृत्व गर्छ,’ उनी भन्छन् ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१