उपकार सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
upakar sahakar

पोखरा । पोखरा ६ स्थित उपकार बचत तथा ऋण सहकारीले सेयर सदस्यलाई अवलोकन भ्रमण गराएको छ । सहकारीले चैत ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म अध्ययन अवलोकन भ्रमण गराएको थियो । भ्रमण टोली प्युठानको स्वर्गद्वारी, सुर्खेतको बुलबुले ताल, कर्णाली पुल, काक्रेबिहार, बराह ताल लगायत नेपालका पश्चिमी क्षेत्रको अवलोकन गरेका थिए । भम्रण टोलीमा ५० जना सेयर सदस्य सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width