डिजिटल प्रविधिको सदुपयोगबाट सुशासन : प्रमुख जिटी

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
digital bhawanis

स्याङ्जा । स्याङ्जामा आइतबार दूरसञ्चार तथा सूचना प्रविधिको योगदान विषयक अन्र्तक्रिया गरिएको छ ।

एस सोलुसन्स प्रालिको आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा दूर सञ्चार तथा सूचना प्रविधिको योगदानबारे अन्र्तक्रिया गरिएको हो । अन्तक्र्रिया जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले उद्घाटन गरे । उनले राज्यले सबै नागरिकलाई सञ्चार डिजिटल प्रविधिको सदुपयोग गर्दै मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह र आर्थिक समृद्धिको बाटोमा रुपान्तरण गर्ने लक्ष्य लिइएको बताए ।

प्रविधिसम्बन्धी ज्ञान भएका युवा विदेशिन बाध्य हुनुपर्ने अवस्था दुखदायी भएको उनले बताए । उनले भने, ‘सुशासन, अर्थतन्त्रको सबलीकरण, दिगो विकासका लक्ष्य हासिल गर्न, आम नागरिकलाई सार्वजनिक सेवा सरल र सहज बनाउनसमेत प्रविधिको उपयोग आवश्यक छ । प्रविधिको सही उपयोग गर्नुपर्छ ।’

दूरसञ्चार प्राधिकरण योजना शाखा प्रमुख एवं उपनिर्देशक सूर्यप्रसाद लामिछाने र सूचना तथा प्रविधि मन्त्रालयका उपसचिव शिवप्रसाद पोखरेलले डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी र डिजिटल नेपाल कार्यान्वयनका अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरे ।

डिजिटल नेपाल फ्रेमवर्कमा ८ क्षेत्रसहित ८० वटा विभिन्न पहलहरु रहेका छन् । डिजिटल फाउन्डेसनअन्तर्गत १९, कृषिमा ११, स्वास्थ्य र शिक्षामा ८÷८, ऊर्जामा ९, पर्यटनमा ७, बित्तमा ८ र सहरी पूर्वाधारमा ११ वटा भिन्दाभिन्दै गरी पहलहरु रहेको कार्यपत्र प्रस्तुतकर्ता उपसचिव पोखरेलले जनाए ।

२०७६ साल कात्तिक ५ गते मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त फ्रेमवर्क पन्ध्रौं योजनामा समेत समावेश छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ३ चरणमा समयसीमा तोकी कार्यक्रम कार्यान्वयनकै चरणमा छ ।

कार्यक्रममा दूरसञ्चार उपभोक्ता, शिक्षक, विद्यार्थी, सेवा प्रदायक कम्पनी र विभिन्न क्षेत्रका सहभागीले इन्टरनेटका आवश्यकता, चुनौती र समस्याबारे सुझाव दिए का थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width