पोखरा । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने जनाएको छ। यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेकोमा थप दुई स्थानमा पनि सोही दिन उपनिर्वाचन गर्ने जनाएको हो।
नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिविहीन भएको छ। यस्तै शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ।
आयोगले यी दुवै ठाउँमा र चितवन २ मा पनि चुनाव एकैदिन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए।
आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ।
त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुपर्ने छैन। उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१