नेरेसो उपशाखा ८ को सभा

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७९
redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ ।

सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा डोलराज पाण्डे, परशुराम बराल, हरिप्रसाद बराल, पवित्रा केसी, सोमनाथ बराल, गणेशबहादुर अधिकारी, श्रीराम बराल लगायतले बालेका थिए । कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन् भने स्वागत कूलमाया पौडेलले र संचालन उपशाखा सचिव दानबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width