लमजुङ । मालिङ युवा क्लब आयोजनामा दोस्रो मालिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
‘खेल विकासमा युवाहरुको सहभागिता, पर्यटन प्रवद्र्धनको लागि फुटबल प्रतियोगिता’ नाराका साथ क्व्होलासोथार–२ मालिङमा प्रतियोगिता सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटन अवसरमा भएको मैत्रिपूर्ण खेलमा आयोजक ए टिमलाई हराउँदै त्रिवेणी युवा क्लबको पूर्व खेलाडीहरूको समूहले खसी पुरस्कार जितेको छ ।
यस्तै, इलाइटी फुटबल क्लब पोखरा ‘ए’ र घनपोखरा युवा क्लबबीच खेल भएकोमा घनपोखरा ५–० गोलअन्तरले विजयी भयो । प्रतियोगितामा ३२ टिमले भाग लिएका छन् ।
पहिलो हुने टिमलाई १ लाख ११ हजार साथमा ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने आयोजक मालिङ युवा क्लब अध्यक्ष खिमप्रसाद गुरुङले जानकारी दिए । उपविजेताले ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै, सेमिफाइनलसम्म पुग्ने २ टिमलाई ७÷७ हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५÷५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१